रामेछापबाट यस वर्षको एसइई परीक्षामा २ हजार ७ सय १ विद्यार्थी सहभागी हुँदै
२०८१ फागुन २७ मंगलवार
- शिक्षा विकास तथा समन्वय इकाई रामेछापका अनुसार यस वर्ष जिल्लामा एसइई परीक्षा सञ्चालनको लागि जिल्लाका २ वटा नगरपालिका र ६ वटा गाउँपालिका १९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
रामेछाप : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा रामेछाप जिल्लाबाट २ हजार ७ सय १ जना विद्यार्थी सहभागी हुने भएका छन् ।
एसइई परीक्षा आगामी चैत ७ गतेबाट देशै भरि एकैसाथ सुरु हुँदै छ ।
शिक्षा विकास तथा समन्वय इकाई रामेछापका अनुसार यस वर्ष जिल्लामा एसइई परीक्षा सञ्चालनको लागि जिल्लाका २ वटा नगरपालिका र ६ वटा गाउँपालिका १९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलका अनुसार यस वर्ष जिल्लाबाट २ हजार ४ सय ११ जना नियमित र २ सय ९० जना ग्रेड वृद्धिका लागि परीक्षामा सहभागी हुँदै छन् ।
जिल्लाको उमाकुण्ड गाउँपालिमा रहेको सिद्धेश्वर बहुमुखी क्याम्पस बाम्ती परीक्षा केन्द्रबाट १ सय ३३ जना र चण्डेश्वरी मावि प्रीति परीक्षा केन्द्रबाट ७३ जनाले परीक्षा दिँदै छन् ।
त्यस्तै गोकुलगंगा गाउँपालिकाको शारदा मावि ठोसे केन्द्रबाट ८० जनाले र जनजागृति मावि बेताली केन्द्रबाट १ सय ४४ जनाले परीक्षा दिँदै छन् ।
लिखु तामाकोसी गाउँपालिकाको तामाकोसी जनजागृति मावि खिम्ती परीक्षा केन्द्रबाट १ सय २२ जना परीक्षामा सहभागी हुने छन् । सो गाउँपालिकाको झट्टेश्वर मावि धोबी केन्द्रबाट १ सय ४६ जना र त्रिपुरेश्वर मावि दुरागाउँ केन्द्रबाट १ सय ११ जनाले परीक्षा दिँदै छन् ।
मन्थली नगरपालिकाको कालीदेवी मावि फुलासी परीक्षा केन्द्रबाट ९० जना, मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस केन्द्रबाट १ सय ७४ जना, नागकन्या मावि गडवारी मन्थली परीक्षा केन्द्रबाट १ सय ८६ जना एसइईमा सहभागी हुँदै छन् ।
मन्थली माविको (क) परीक्षा केन्द्रबाट प्राविधिक धारका १ सय १२ जना विद्यार्थीले परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख गजुरेलले जानकारी दिए । यस्तै मन्थली मावि (ख) परीक्षा केन्द्रबाट २ सय ४४ जना र मन्थली मावि (ग) परीक्षा केन्द्रबाट २८ जनाले परीक्षा दिने भएका छन् ।
रामेछाप नगरपालिकाको गौरीशङ्कर बहुमुखी क्याम्पस रामेछाप परीक्षा केन्द्रबाट २ सय १० जना र हिमगंगा बहुमुखी क्याम्पस र साँघुटार परीक्षा केन्द्रबाट २ सय १० जनाले परीक्षा दिँदै छन् ।
खाँडादेवी गाउँपालिकाको प्रयागेश्वर क्याम्पस पकरबास परीक्षा केन्द्रबाट २ सय २६ जना विद्यार्थीले एसइई दिँदै छन् ।
दोरम्बा शैलुङ गाउँपालिकाको कण्ठेश्वर मावि टोकरपुर केन्द्रबाट १ सय ७ जना र कालिका मावि लखनपुर केन्द्रबाट १ सय ५ जनाले परीक्षा दिँदै छन् ।
सुनापति गाउँपालिकाको डहु मावि परीक्षा केन्द्रबाट १ सय १ जना विद्यार्थीले यो वर्षको एसइई परीक्षा दिने गजुरेलले जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
विदेशी मुद्राको सटहीदर: २०८३ मङ्सिर १३ आइतबार
-
आजको राशिफल: वि.सं. २०८३ मङ्सिर १३ गते आइतबार
-
एमसीसी परियोजनाको कार्यान्वयन अवधि एक वर्ष थप्ने सरकारको निर्णय, थप खर्च नलाग्ने
-
दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने
-
आन्दोलन र जनताबीच सम्बन्ध जोड्ने सेतुका रूपमा जागरण अभियान गर्दैछौं- प्रचण्ड
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।